वेधे
ना.
- एक मिटर अग्लो, तलतिर डल्ला भावका र दाँती परेका किनारा तर मास्तिर दाँती नपरेका किनारा भएका साधारण हरिया पात हुने, घोगाका रूपमा गुलाफी टीकाटीका परेका फूल फुल्ने एक जातको बुटी। (यसको तरकारी पकाएर पनि खाइन्छ र आयुर्वेदमा यसलाई कृमिनाशक भनिएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)