वैकल्पिक
वि. [सं.]
- पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को (उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि); विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी।
- सन्दिग्ध; सन्देहयुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)