वैतरणी
ना. [सं.]
- मृत्युपछि यमलोक जाँदा बाटामा पर्ने, पीप, रगत, मासु आदिले निर्मित मानिएको पुराणप्रसिद्ध एक काल्पनिक नदी।
- मर्ने बेलामा वैतरणी नदी तर्न सुगम होस् भन्ने उद्देश्यले गाईदान गर्ने काम।
- भारतको उडिसा प्रान्तमा बग्ने एक नदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)