व्यास

ना. [सं.]

  1. वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि; वेदव्यास; कृष्णद्वैपायन।
  2. पुराण भन्ने व्यक्ति; पुराणका वक्ता वा वाचक।
  3. वृत्तपरिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा।
  4. कुनै वस्तुको विस्तार; फैलावट।
  5. हिउँ पग्लेको वेला नेपाल र तिब्बतका बिच आवागमन गर्न हुने सुदूर पश्चिमाञ्चलको एक क्षेत्र तथा घाटी; यसै नामको एक हिमाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)