शब्दचित्र
ना.
- साहित्यमा कर्णमधुर वा चमत्कार उत्पन्न गर्ने शब्द प्रयोग हुने यमक, अनुप्रास आदि शब्दालङ्कार।
- अक्षरहरूको रखाइद्वारा कुनै जीव वा वस्तुको वर्णनचित्र तयार पारिने साहित्यिक रचना (खड्ग, मुख आदि बन्ध)।
- प्रत्यक्ष देखे झैँ गरी कुनै व्यक्ति, वस्तु वा घटनाको वर्णन गरिने साहित्यिक लेखन वा शैली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)