शाक्त
वि. [सं.]
- तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्)।
- शक्तिसम्बन्धी; दैवी शक्तिको।
- काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)