शाखा
ना. [सं.]
- मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग; हाँगो।
- कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव; विभाग।
- कुनै सं, कार्यालय आदिअन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग।
- वेदका संहिताको पाठ तथा क्रमभेद।
- कुनै दर्शनशास्त्र आदिको अर्को भेद; सम्प्रदाय।
- कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै विचार वा मूलका मानिसहरूको वर्ग वा समूह।
- छोरापट्टिको वंशावली तथा छोरापट्टिका सन्तानको लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)