शान्त
वि. [सं.]
- कुनै प्रकारको रिसराग, द्वेष, दुःख आदि मनोविकार नभएको; शिष्ट र सौम्य प्रकृतिको; शान्तियुक्त; सुशील र विनम्र।
- गति वा वेग नभएको; निश्चल।
- कुनै उपध्रो, विघ्नबाधा, हल्ला आदि नभएको; निःशब्द; मौन।
- मानिस आदि नभएको; सुनसान; निर्जन।
- शमन भएको; निभेको।
- प्राणपखेरु उडेको; मरेको; मृत।
- प्रसन्न वा सन्तुष्ट पारिएको; धैर्य भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)