शास्त्री

वि. [सं.]

  1. शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ।
  2. शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति; विद्वान् पुरुष।
  3. संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा; स्नातक तह; सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)