शिक्षा

ना. [सं.]

  1. विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम; ज्ञान दिने वा लिने काम; विद्या।
  2. सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध।
  3. कुनै कुराको उचित तालिम वा अर्तीउपदेश।
  4. वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)