शिवभक्त

ना.

  1. शिवजीको भक्त।
  2. वि. सं. १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा- कमारीहरूलाई दिइएको उपनाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)