शुद्धिपत्र
ना.
- पुस्तकपुस्तिकाहरूमा अशुद्ध छापिएका अक्षर, पद आदिको सङ्केत गरी सच्याएर छापिएको पत्र।
- धर्म वा जातिबाट च्युत भएको व्यक्तिले प्रायश्चित्त गरी वा नगद तिरी धर्माधिकारीद्वारा पाएको प्रमाणपत्र; पतियापुर्जी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)