शुष्क
वि. [सं.]
- आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा।
- मनोविनोद वा हँस्सीठट्टामा अभिरुचि नलिने; बिरसिलो; नीरस।
- अमिल्दो स्वभावको; खस्रो।
- कुनै सार नभएको।
- चाख नलाग्ने; झर्कोलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)