शून्य

वि. [सं.]

  1. गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो।
  2. मानिसको बस्ती, हलचल आदि नभएको; सुनसान; निर्जन; एकान्त।
  3. भौतिक रूप वा आकार नभएको; निराकार।
  4. वास्तविकता वा अस्तित्व नभएको।
  5. नभएको; रहित (समस्त पदका अन्तमा, जस्तो- ज्ञानशून्य, भावशून्य इ.)।
  6. खाली ठाउँ; आकाश अन्तरिक्ष।
  7. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; बिन्दु (.)।
  8. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।
  9. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र।
  10. केही पनि नहुने कुरो वा स्थिति; अभाव; अवास्तविकता।
  11. ब्रह्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)