शूल
ना. [सं.]
- प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार।
- पोल्ने मासुमा घुसारिने सुइरो।
- वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा; सोला हान्ने रोग।
- मानसिक वेदना; व्यथा; पीडा।
- ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक।
- वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, अग्नि, गुण वा विद्यामध्ये कुनै एक बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)