शेष

वि. [सं.]

  1. बाँकी रहेको; बचेखुचेको; रहल।
  2. छानेर बचेको वस्तु; छनौटो।
  3. गणितमा भाग गर्दा वा ठुलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क।
  4. कुनै वस्तुको उपभोग गरिसकेपछि पनि रहेको थोरै अंश; निथारपिथार।
  5. टुङ्गिने काम वा अवस्था; समाप्ति; मरण; अन्त्य।
  6. शेषनाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)