शैशव

ना. [सं.]

  1. शिशुको अवस्था; बाल्यावस्था; बालकपन। (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो। - सिद्धिचरण, 'ओखलढुङ्गा')।
  2. शिशुसम्बन्धी; बालकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)