श्यामा
ना. [सं.]
- सोह्रवर्षे बाला।
- राधा; राधिका।
- काली; दुर्गा।
- कालो वर्णकी स्त्री।
- सन्तान पैदा नगरेकी स्त्री।
- काली गाई।
- कृष्णपक्षको रात।
- मिठो बोली बोल्ने कालो रङको प्रसिद्ध चरो; पोथी कोइली।
- धानबारीमा हुने, धानकै जस्तो बोट भएको र झन्डै उस्तै गेडा फल्ने बुटे झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)