श्याम व्यङ्ग्य
वि. [सं.]
- मानवीय जीवनका सङ्गत-असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी मर्माहत तुल्याउने तथा युगीन परिवेशमा व्याप्त विसङ्ति र विकृतिप्रति स्वैरकल्पनाको समेत प्रयोग गरेर कटु मनोविनोदात्मक पाराले व्यङ्ग्य प्रहार गर्ने बीसौँ शदीमा पश्चिमी मुलुकको आधुनिकोत्तर आख्यान साहित्यमा देखापरेको अरू व्यङ्ग्यभन्दा बढी भेदक र सशक्त व्यङ्ग्य; ब्ल्याक ह्युमर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)