श्वेतपत्र
ना.
- आधुनिक राजनीतिका अनुसार कुनै महत्त्वपूर्ण चर्चा, वार्ता आदि प्रायः सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति।
- सरकारले जनतालाई राष्ट्रिय सरोकारका विषयमा अवगत गराउन जारी गरिने विज्ञप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)