षट्कर्म

ना.

  1. स्वधर्ममा रहनेका निम्ति ब्राह्मणले गर्नुपर्ने छवटा काम (पढ्नु, पढाउनु, दान दिनु, दान लिनु, यज्ञ गर्नु र यज्ञ गराउनु)।
  2. मानिसले गर्नुपर्ने छवटा कर्म (स्नान, पूजा, तर्पण, होम, जप र सन्ध्या)।
  3. योगीहरूका छवटा कर्म (धौती, वस्ती, नेती, त्राटक, नौली र कपालभाती)।
  4. तान्त्रिकहरूका छ वटा कर्म (मारण, उच्चाटन, स्तम्भन, वशीकरण, विद्वेष र शान्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)