संज्ञा

ना. [सं.]

  1. बाह्य पदार्थको ज्ञान तथा शरीर वा मनका कार्यव्यापारको अनुभूति हुने शक्ति; चेतनाशक्ति; होस।
  2. बुद्धि; प्रज्ञा।
  3. ज्ञान; बोध।
  4. कुनै वस्तु वा कार्यका निम्ति पारिभाषिक रूपमा प्रचलित नाम।
  5. हात, आँखा आदिद्वारा गरिने सङ्केत वा इसारा।
  6. व्याकरणमा कुनै व्यक्ति, वस्तु, कार्य, भाव आदिको बोधक शब्द; नाम।
  7. सूर्यसँग बिहा भएकी विश्वकर्माकी एक कन्या।
  8. गायत्रीको एक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)