संसार

ना. [सं.]

  1. मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक जगत्; चराचर विश्व; विश्व; भुवन।
  2. जन्ममरण भएको जगत्; मर्त्यलोक।
  3. प्राणीजगत्; जीवलोक।
  4. जनता; दुनियाँ।
  5. सांसारिक जीवन; लौकिक प्रपञ्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)