संस्कृत
वि. [सं.]
- संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत।
- शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधित।
- साजसज्जा गरिएको; अलङ्कृत।
- पकाईतुल्याई तयार गरिएको (खानेकुरो)।
- पूर्वीय आचार्यहरूले ज्ञानगरिमा, साहित्य,वेदोपनिषद् आदि अनेक विषयहरूको सृजन गरेको, आर्यहरूको प्राचीन भाषा; देववाणी।
- पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका वर्ण वा शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)