संस्था
ना. [सं.]
- राम्रोसित स्थायी किसिमले रहने काम; ठहराइ; बसाइ।
- कुनै धर्म, सङ्गठन, समाज, राजनीति आदिको प्रचारप्रसार वा लोकहितका उद्देश्यले गठन गरिने सार्वजनिक सभा; सङ्घ।
- सरकारी वा गैरसरकारी कार्यालयहरूमा काम गर्ने व्यक्तिहरूको सामूहिक हितका निम्ति तयार भएको सङ्गठित समुदाय।
- व्यावसायिक दृष्टिले कुनै खास नियम तथा सिद्धान्तअनुसार काम गर्ने कुनै सङ्गठित दल वा वर्ग (जस्तो-सहकारी संस्था, साझा संस्था इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)