संस्थान

ना. [सं.]

  1. साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था।
  2. सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारीगैरसरकारी संस्था; निगम।
  3. राम्ररी बस्ने काम; बसाइ; स्थिति।
  4. सार्वजनिक स्थान।
  5. विधिवत् बसाउने वा अड्याउने काम; स्थापना।
  6. रूप; आकृति।
  7. अस्तित्व।
  8. समूह; समष्टि।
  9. रचना; निर्माण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)