संहार
ना. [सं.]
- बिग्रने, नासिने, र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस।
- नृशंस हत्या; काटमार; मारामार।
- संसारको प्रलय; कल्पान्त।
- समाप्ति; अन्त।
- सार रूपमा भनिएको कुरो; निचोर।
- भेला पार्ने काम; बटुलाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)