सङ्कटा

ना. [सं.]

  1. सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी।
  2. काठमाडौँको नयाँ सडकनजिक टेबहाल भन्ने ठाउँमा अवस्थित त्यसै नामकी प्रसिद्ध देवी।
  3. ज्योतिषशास्त्रका अनुसार मानवजीवनमा सङ्कट गराउने एक योगिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)