सङ्ग
ना. [सं.]
- साथमा रहने वा सँगै हुने काम; सहवास; बसउठ।
- भेट्ने काम; मिलन; संयोग; संसर्ग।
- संसारी विषयभोगप्रतिको अनुराग; स्त्रीसम्पर्क; आसक्ति।
- नदीहरूको सङ्गम; दोभान।
- सँग; साथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)