सङ्घ
ना. [सं.]
- कुनै विशेष उद्देश्यको पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह; कुनै विशेष सिद्धान्त, नियम आदिमा आधारित संस्था।
- समूह; मण्डली; जमात।
- बौद्ध भिक्षुहरूको मठ वा समाज।
- प्राचीन कालमा प्रचलित एक प्रकारको प्रजातान्त्रिक पद्धति।
- परराष्ट्रनीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको सङ्गठन वा एकाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)