सङ्घर्ष

ना. [सं.]

  1. दुई वा त्यसभन्दा बढी व्यक्ति, दल वा शक्ति बिचमा हुने स्पर्धा; टक्कर।
  2. कुनै विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास।
  3. रगडिने वा घोटिने काम।
  4. भिडिने काम; घम्साघम्सी; भिडन्त।
  5. परस्परको हानथाप वा होड; प्रतियोगिता।
  6. दुई थरीका बिचको पेलाइ; ठेलमठेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)