सञ्चय कोष
ना.
- सरकारी तथा विभिन्न संस्थान, निगम आदिका स्थायी कर्मचारीहरूको भविष्यको व्यवस्थाका निम्ति सेवाको अवधि समाप्त भएपछि मात्र झिकिने सर्तमा मासिक वेतनबाट प्रतिशतको हिसाबमा काटिने र थपिने रकम जम्मा गरिएको तथा नियमानुसार ब्याजसमेत वृद्धि हुँदै जाने धन।
- त्यस्तो रकम वा धन जम्मा गर्ने अड्डा।
- कर्मचारी सञ्चय कोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)