सट्कनु

अ.क्रि.

  1. कसैले चालै नपाउने गरी लुसुक्क हिँड्नु; सुटुक्क जानु; भाग्नु।
  2. शरीरका नसा रड्केर पीडा हुनु; झस्को पस्नु।
  3. मानसिक स्थिति वा मस्तिष्क खजमजिनु; छँटाहापन आउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)