सत्त्व
ना. [सं.]
- कुनै मूर्त वा अमूर्त वस्तुको विद्यमानता; सत्ता; अस्तित्व।
- कुनै वस्तुको मुख्य अंश वा सार तत्त्व।
- प्रकृतिका तीन गुण- सत्त्व, रज र तममध्ये एक।
- जीवनी शक्ति; प्राण; बल; साहस।
- जीव वा प्राणी।
- स्वभाव; प्रकृति।
- जल, वायु, तेज आदि पदार्थ; मूल तत्त्व।
- सहज स्वभाव; यथार्थ अवस्था।
- मृत आत्मा; भूत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)