सदर

ना. [अ. सद्र]

  1. प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र।
  2. देशको केन्द्रीय स्थल; राजधानी।
  3. स्रेस्ता विषयमा खास ठाउँ।
  4. पेस गरिएको टिप्पणी, प्रस्ताव, राय आदिमा सम्बन्धित प्रमुख व्यक्तिले जनाउने समर्थन वा स्वीकृति।
  5. प्रधान; मुख्य; उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)