सन्ध्या

ना. [सं.]

  1. अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ।
  2. साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायं-सन्ध्या)।
  3. सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे।
  4. ब्रह्माकी पत्नीको नाम।
  5. दुई युगका बिचको समय; सन्धिकाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)