सपक्क

क्रि.वि. [अ.मू. सपक्+क]

  1. गिलो खानेकुरो एकै खेपमा खाने किसिमले।
  2. लाउँदा वा ओढ्दा आङमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी।
  3. कुनै वस्तु टम्म मिलेर टाँसिने चालले।
  4. मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)