सप्को
ना. [सं. सपक्ष]
- दाहिनेपट्टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्यौरा आदिको छेउ।
- धोती, सारी, पछ्यौरा आदि लुगाफाटाको छेउले अरूको जिउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ। (उदा.- धोतीको सप्को लाग्ला है, अलि पर बस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)