समस्या
ना. [सं.]
- समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली तामिल गर्नुपर्ने कुरो; जटिल अवस्था।
- गाँठो फुकाउनुपर्ने कुनै विषय वा कुरो; अड्को।
- कल्पना तथा भाव भरी छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)