समात्नु
स.क्रि. [सं. सम+आत्ते]
- अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु।
- कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु।
- प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु।
- कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)