समाधि

ना. [सं.]

  1. ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था।
  2. सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योगसाधनाको फल।
  3. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप; साधना।
  4. योगी वा महात्माहरूको देहत्याग।
  5. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान।
  6. साहित्यमा अन्य कारणद्वारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)