समीक्षा

ना. [सं.]

  1. कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना।
  2. कुनै विषयवस्तुबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण।
  3. कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम।
  4. राम्रोसित गरिएको जाँच; नियालेर गरिएको जाँच; सम्यक् परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)