सम्पादन
ना. [सं.]
- कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, भाष्य, टीका आदि सबै ठिक रूपमा तयार गर्ने काम; सम्पादकको काम।
- कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)