सम्मोह

ना. [सं.]

  1. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी।
  2. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञानावस्था।
  3. अज्ञान।
  4. आत्तिने क्रिया; अत्यास।
  5. वशीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)