सम्मोहन

ना.

  1. रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम।
  2. कामदेवका पाँच बाणमध्ये एक।
  3. दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र।
  4. तन्त्रविद्या वा टुनामुना आदिद्वारा मोहित पार्ने काम; मोहनी लाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)