सर्नु

अ.क्रि. [सं. सर+नु]

  1. कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; अर्को ठाउँमा जानु।
  2. घस्रनु; हिँड्नु।
  3. बसेको ठाउँ, थलो आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु।
  4. सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)