सलामी
ना. [अ.]
- ठुला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान।
- सैनिकहरूले प्रणाम गर्ने एक पद्धति।
- बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया।
- उच्च व्यक्तिहरूलाई सलाम गर्दा चढाइने भेटी।
- मुख्य शासकले वर्षको एक पटक नजरानाका रूपमा जागिरदार, ठेकदार आदिसँग कट्टा गरी लिने रकम।
- ओरालो परेको ठाउँ; तेर्पे परेको जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)