सह
ना.यो. [सं.]
- साथ; सित; सँग।
- सहित; समेत।
- सँगसँगै; साथसाथै।
- कुनै नामिक पदमा उपसर्ग जस्तै भई लागेर कसैका साथमा रहने भन्ने अर्थ बुझाउने शब्द (जस्तै-सहगामी, सहचरी, सहजात आदि)।
- थोरै वस्तुले धेरै काम दिने स्थिति वा प्रक्रिया; फारु; फारो।
- छेलोखेलो हुने काम; पउल अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)