साज

ना. [फा. साज]

  1. कुनै विशेष काममा उपयोग गरिने सरसामान; सामग्री।
  2. कुनै व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन; शृङ्गारको सामग्री।
  3. सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि)।
  4. सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री।
  5. कुनै वस्तुवाचक नामका पछाडि जोडिएर 'त्यो वस्तु बनाउने वा मर्मत गर्ने' भन्ने अर्थ बुझाउने शब्द (जस्तो- घडीसाज, जिल्दसाज आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)