साझा

वि. [प्रा. साज्झओ]

  1. धेरै जनाका हकको; धेरै जनाको हिस्सा भएको; सजिया; साजा।
  2. सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूल धनअनुसार समान अनुपातमा बाँडिने; हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने; सजियाँ; गोस्वारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)